अवैध लागूऔषधसहित धनुषाबाट मनोज र सुजित पक्राउ



धनुषा । प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

मिथिला नगरपालिका-६ ढल्केवर चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा जमुनिवासका ३५ वर्षीय मनोजकुमार महतो र २२ वर्षीय सुजितकुमार महतोलाई पक्राउ गरेको हो।



जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नियमित चेकजाँच गर्ने क्रममा ढल्केवर तर्फबाट बर्दिबास तर्फ आउँदै गरेको अवस्थामा उनीहरु सवार प्र.२–०२–००३ प ७८७७ नं.को मोटरसाइकलबाट लागुऔषध पदार्थ बरामद गरेको थियो ।



उनीहरुले मोटरसाइकलमा जुटको बोरामा राखि ल्याएको प्रतिबन्धित लागुऔषध एक्सिप्लोन १०० एमएलको ९८ बोतल र नाईट्रोजम्पा ७३० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

। उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज