विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले भने – भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आरामसँग सरकार चल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



उनले भने,’भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। दुई चार दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिलाउँछौं।’



प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए ।

प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता गरे ।

उनले सतप्रतिशत मत पाउने आशा गरेको भए पनि १७२ पर्याप्त रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज