प्रधानमन्त्री प्रचण्ड भन्छन् – विचारको शक्ति नै सबैभन्दा महत्त्वपूर्ण शक्ति हो



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारको शक्ति नै अहिलेको सबैभन्दा महत्त्वपूर्ण शक्ति भएको बताएका छन् ।

पाँच दिने पार्टी केन्द्रीय स्कुलको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



उनले जनताको मुक्ति र परिवर्तनको पक्षमा व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्नेले समाज र राष्ट्रको नेतृत्व गर्ने बताए ।



पार्टी स्कुलले पार्टीको विचारधारात्मक स्पष्टता र विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज