तान्जानियामा पहिलो पटक भेटियो मारबर्ग भाइरस



एजेन्सी । तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ ।

तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठ जनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन गरिएको नमुना परीक्षणमा मारबर्ग भाइरस पुष्टि भएको हो ।​



तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि बिरामीको कारण पत्ता लगाउन नमुना विश्लेषण गरेको थियो।



एक स्वास्थ्यकर्मीसहित आठमध्ये पाँचजनाको मृत्यु भएको छ भने बाँकी तीनजनाको उपचार भइरहेको छ। कुल १६१ जना सम्पर्क भएका व्यक्ति पहिचान गरिएको छ र निगरानी भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज