टोपबहादुर रायमाझी भन्छन् – वामपन्थी र पुँजीवादबीचको लडाइँ सुरु भयो



उदयपुर । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले मुलुकमा वामपन्थी र पूँजीवादबीचको लडाईँ सुरु भएको बताएका छन् ।

मिसन ग्रासरुट अभियान अन्तरगत उदयपुर सदरमुकाम गाईघाटमा संघीय निर्वाचन क्षेत्र १ स्तरीय चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् ।



नेता रायमाझीले बामपन्थी शक्ति र सामाजबादको नेतृत्व एमाले गरेको छ भने पुँजीबादको नेतृत्व कांग्रेस लगायतका १० दलिय गठबन्धनले गरेको ठोकुवा गरे ।



उनले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याकोरूपमा देखिएको रहेकाले स्थायी सरकारका लागि मिसन ग्रासरुटले ठुलो भुमिका निर्वाह गर्ने बताए।

‘विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको छ,’ सचिव रायमाझीले भने, ‘एमाले बलियो भएमात्र समृद्धि र विकासको सपना पूरा हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज