नेपालको साक्षरता दर ७६ प्रतिशत पुग्यो



काठमाडौं । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालका ७६.२ जनसंख्या साक्षर बनेका छन् ।

पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६ दशमलव २ प्रतिशत पुगेको हो । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।



दशकअघिको जनगणना २०६८ मा साक्षर संख्या ६५ दशमलव ९ प्रतिशत थियो ।



राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३ दशमलव ६ प्रतिशत र महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ ।

जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज