बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत



हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।



राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।



उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।

जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज