१४४ किलो गाँजाको कन्टेनरसहित चालक पक्राउ



मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४४ किलो अवैध लागूऔषध गाँजाको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका९ नामटार बस्ने ३० वर्षीय सुभचन्द्र भोम्जन रहेका छन् ।



हेटौडाबाट आउदै गरेको ना-६ ख ३०२१ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



भोम्जनलाई लागूऔध गाँजा र ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज