नवलपरासीको सर्दीमा ९ वटा बेवारिसे बम फेला



पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेका छन् । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा ९ वटा बम फेला परेका हुन् ।

आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाए जस्तै गरी बम देखेपछि स्थानीयहरू त्रसित थिए । लगत्तै स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेको सर्दीका स्थानीय बासिन्दाले जनाएका छन् ।



जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।



जिल्ला प्रहरी पूर्वी नवलपरासीका अनुसार दुम्कीवासका प्रहरी निरीक्षकको टोली सो स्थानमा पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज