राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सम्मान



नवलपरासी । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा सम्मान गरिएको छ ।

उनलाई प्रतिनिधिसभा सांसद विनोद चौधरीले खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै सम्मान गरेका हुन् ।



क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए ।



नवलपरासी बर्दघाट–१४ का पौडेललाई उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज