मन्त्रिपरिषद विस्तारमा सकस परिरहेका बेला आरजु दिल्ली उडिन



काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली उडेकी छिन् ।

मन्त्रिपरिषद विस्तारमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई सकस परिरहेका बेला उनी सोमबार साँझ दिल्ली उडेकी हुन् ।



नेतृ देउवाको साथमा उनकी आमा प्रतिभा राणासमेत गएकी छिन् । प्रतिभा हाल नेपालका लागि जापानकी राजदूतसमेत हुन् ।



मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यतिबेला १६ वटा मन्त्रालय सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज