थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपाल र भुटान भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ ।

नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ ।



नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।



तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज