आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै



काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ ।

सेतो मच्छिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान लगिने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ ।



बुधबार महिलाले मात्रै रथ तानेर रत्नपार्क हुँदै भोटाहिटीसम्म पुर्‍याउने छन् । बिहीबार रथलाई असनसम्म तानिन्छ । तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै रथ लगनटोल पुर्‍याइनेछ ।



उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा अनुसार रथयात्रा गर्ने गरिएको हो ।

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज