एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा, को-को परे ?



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा यू–१९ कप्तान देव खनालले पुनरागमन गरेका छ न् । ​आइसिसी यू–१९ विश्वकप छनोटका कारण उनी लिग–२ अन्तिम सिरिजहरूमा सिनियर टोलीमा थिएनन् ।



त्यस्तै, क्यानले तीव्र गतिका बलर किशोर महतोलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ । साथै, स्पिनर सूर्य तामाङ पनि २१ सदस्यीय टिमभित्र परेका छन् । प्रतियोगिता आगामी ५ वैशाखबाट नेपालमा आयोजना हुँदैछ ।



यस्तो छ प्रारम्भिक टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, प्रतिस जिसी, श्याम ढकाल (मौसम), कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, किशोर महतो, करण केसी, सन्दीप लामिछाने, देव खनाल, भीम सार्की, ललितनारायण राजवंशी, अर्जुन साउद, गुलशन झा र सूर्य तामाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज