वीरगञ्ज २८ चैत : प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकले चौतारीलाई थप प्रभावकारी र गतिशिल बनाउनको लागि महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले चौतारीका इन्चार्ज शत्रुघन नेपाललाई हटाउने निर्णय गरेकोमा यसमा गम्भीर आपत्ती जनाउने निर्णय गर्नुका साथै एक महिनाभित्र पुन इन्चार्जमा स्थापित गर्न केन्द्रलाई आग्रह गर्ने र अन्यथा आन्दोलन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले गत फाुगन २९ गतेदेखि वीरगञ्जमा आयोजना गरिएको केन्द्रीय बैठक तथा कार्यशाला गोष्ठीमा केन्द्रले स्थानीय कमिटीको परामर्श बिना सम्मानित ब्यक्तिहरुलाई आतित्थ्यता नगराएर गम्भिर भूल गरेको ठहर गर्दै अब उप्रान्त यस्ता कमजोर नगर्न आग्रह गर्ने निर्णय समेत गरेको छ भने आउँदो बैठकमा आर्थिक हरहिसाव कोषाध्याक्षले पेश गर्ने निर्णय गरेको छ ।
बैठकले चौतारीको ११६ जना साधारण सदस्यहरुको अभिलेख, परिचयपत्र, र नयाँ सदस्यता दिने अबिलम्ब प्रकृया अघि बढाउन उपाध्याक्ष तुलसी भण्डारी र सचिब राजेन्द्र सिंह नेपालीलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने चौतारीलाई कमजोर बनाउन लागेकाहरुको पहिचान गरि बैठकहरुमा समिक्षा गर्ने र चौतारीलाई बदनाम गराउन भ्रम छर्ने र अतिरञ्जना युक्त प्रचार गर्नेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।
साथै बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले चलाएको सदस्यता सुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुुत हुन र योग्य पत्रकारलाई महासंघको सदस्यता दिन आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा चौतारीका उपाध्याक्ष तुलसी भण्डारी, सचिब राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्याक्ष राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सञ्जय दास थारु, निलम चौधरी, पन्नालाल प्रसाद, अखलेस साह लगायतको सहभागिता रहेको थियो ।