धोरे सीमा क्षेत्रबाट ७ पाडा बरामद, एक जना पक्राउ



वीरगंज १ भदौ । पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याउन लागिएका ७ वटा पाडा प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी धोरेबाट खटिएको टोलीले आइतबार साँझ करिब ६ः३५ बजे दशगजा क्षेत्रमा पाडा डोर्‍याउँदै नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद ७ वटा पाडाको अनुमानित मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ।

भन्सार छली चोरी–पैठारी गरी पाडा नेपाल भित्र्याएको आरोपमा प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–५ निवासी ३८ वर्षीय फिदा हुसेनलाई पक्राउ गरेको जनाएको छ।

पाडासहित पक्राउ परेका हुसेनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर