एमाले पर्साका सचिव गुप्ता सहित चार नेताको निलम्बनको कारबाही बदर



वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले ०७९ मंसीर ४ को चुनावमा पार्टीका उम्मेदवार बिरुद्ध अन्र्तघात गरेको भन्दै गरिएको कारवाहीलाई पार्टीको केन्द्रीय कमिटीले बदर गरेको छ ।

पार्टीका महासचिव शंकर पोख्रेलले आइतवार नेकपा एमालेको मधेश प्रदेश कमिटीलाई पत्र लेखि कारवाही बदर भएको र त्यसलाई कार्यान्वयन गर्नकालागि निर्देश गरेका छन ।

२०७९ चैत्र ७ गते पार्टी पर्सा जिल्ला कमिटीले तत्कालीन जिल्ला कमिटीका सचिव मनोज गुप्ता, जिल्ला सदस्यहरु यसवन्त यादव, बासुदेव थारु ,रामप्रित महतो र मौजीलाल साहलाई कारवाही गरेको थियो ।

पार्टीले तीन महिनाकालागि निलम्बन गरेको थियो । तर पार्टी केन्द्रीय कमिटीले पार्टी पर्सा जिल्ला कमिटीले गरेको कारवाही पार्टीको स्थापित बिधि र प्रक्रिया बिपरित रहेको ठहर गर्दै बदर गरेको हो । उनीहरुलाई पाटीका जिम्मेवारी एवं पार्टी सदस्यताबाट निलमबन गरिएको थियो ।

पार्टीबाट निलम्बन गरिएको सन्दर्भमा सम्बन्धित प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीका सचिव, प्रदेशसभा निर्वाचन समन्वय कमिटीका संयोजक र ६ वटा पालिका कमिटीका अध्यक्षहरूले सम्बन्धित तहको निर्वाचनको समीक्षा नगरी तथा सम्बन्धित तहको कमिटीको जानकारी बिना जिल्ला अध्यक्ष जय प्रकाश थारूको सिफारिसमा गरिएको कारबाही विधिसम्मत नरहेको भन्दै कारबाही बदर भएको पत्रमा उल्लेख छ ।

गुप्तासहितका कार्यकर्ताहरुलाई जिम्मेवारी अनुसार पार्टी काममा सक्रिय हुन र अभियोग तथा कारबाहीको सिफारिसका सन्दर्भमा देखिएको विवादका बारेमा आवश्यक छानविनका लागि केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ ।

कारवाही बदर गरि पूर्ववत जिम्मेवारीमा काममा लगाउन पार्टी केन्द्रले निर्देशन दिएको छ । तर अधिवेशनबाट निर्माण भएको जिल्ला कमिटी भंग भएको अवस्थामा जिम्मेवारी कसरी प्राप्त गर्ने भन्ने बिषय भने अन्यौलपूर्ण नै छ ।

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको तत्कालीन अध्यक्ष जयप्रकाश थारु माथि कार्यवाही हुनु पर्नेमा उल्टै हामीमाथि सिफारिश गरियो तर जो होस सत्यको जित भएको गुप्ताले बताए ।                                                                                                                             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज