अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ १६, मंगलवार १७:५६ बजे

महोत्तरी, जेठ १६ः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख भन्दा बढीको रकम बैंकबाट लुटेर भागेको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले कर्मचारीलाई हतियार देखाउँदै लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मास्क लगाएर बैंक प्रवेश गरेका उनीहरुले लुटपाट गर्दै दुई तिर भागेको जनाइएको छ। प्रहरी उपरीक्षक मल्लले सर्च अभियान सुरु गरिसकिएको र थप जानकारी पछि दिने बताए। सिसिटिभी हेरेर लुटेराको पहिचान गर्ने काम समेत भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय