अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ १९, शुक्रबार २१:५० बजे

वीरगंज – १९ जेठ । पर्साको छिपहरमाई गाउँपालिका–५ स्थित भिस्वाका एक बिधालयमा बिहीवार राती चोरी भएको छ । स्थानीय श्री मंगल माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ वटा कुर्सी चोरी भएको छ ।

बिहिवार रातको समयमा विद्यालयको कम्प्युटर ल्याब कोठामा रहेको ताला फोडी १३ थान सेट कम्प्युटर र ५ थान कुर्सी चोरी गरिएको प्रधानाध्यापक दिनेश पटेलले बताउनुभयो । चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन सकेको छैन ।

घटनाको बारेमा प्रहरीमा अहिले सम्म उजुरी नआएको तर मौखिक जानकारी आउनैबितिकै जिल्लाबाट क्राइम टोली सहितका प्रहरी खटाएर चोरीमा संलग्नको तिब्र रूपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपक गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय