अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ २६, शुक्रबार १२:४८ बजे

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक ६ वटा प्रदेशमा पार्टी सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको हो ।

योगेश भट्राईलाई मधेश प्रदेश र रघुविर महासेठलाई कोशी प्रदेशको जिम्मेवारी तोकेको छ । त्यसैगरी लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी छविलाल विश्वकर्मालाई तोकेको छ ।

गण्डकी प्रदेशको इन्चार्ज गोकर्ण विष्टलाई तोकिएको छ भने वाग्मती प्रदेशको इन्चार्ज तोकिन बाँकी छ । सचिव योगेश भट्टराईका अनुसार वाग्मती इन्चार्ज सविचालय बैठकले निर्धारण गर्ने छ ।

त्यसैगरी एमालेले विभाग प्रमुखमा राजेन्द्र गौतमलाई बनाएको छ । यसअघि विभागीय प्रमुख पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

पार्टी सचिवहरुलाई प्रदेशको इन्चार्ज तोकेको एमालेले स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका कन्द्रीय सदस्यहरुलाई जिल्लाको इन्चार्ज तोकिएको जारी अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय