बाराबाट १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ



वीरगंज । अवैध रूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको साथबाट विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै चार्जर समेत बरामद भएको छ छ । प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट उक्त सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ ।

चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज