हरिपूर्वा – २८ माघ । सर्लाहीको हरिपूर्वा नगरपालिका– ६ का मुटुरोगी २१ वर्षीय दिलीप यादवलाई नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य एवम् समाजसेवी शर्मिला थापाले आर्थिक सहयोग गरेकी छिन् ।

मुटुमा रहेका प्वाल टाल्ने शल्यक्रियाका लागि समाजसेवी थापाले घरमै पुगेर दिलीपलाई दस हजार नगद सहयोग गरेकी हुन् । दिलीपको मुटुको शल्यक्रियामा छ लाख रुपैयाँ लाग्नेभएको छ ।
कांग्रेस मधेस प्रदेश स्वास्थ विभाग प्रमुख शर्मिला थापाको पहलमा मधेस प्रदेश सरकारले उपलब्ध गराउदै आएको आर्थिक सहयोगको लागि घातक रोगको लागि प्रक्रियामा आफ्नो पहल कदमी रहने बताउनु भयो ।
समाजसेवी थापाले आफूले एउटा विपन्न परिवारलाई उपचारका लागि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले सबैले आआफ्ना ठाउँबाट ससाना रकम सहयोग गरे भविष्यका एक कर्णधार जोगाउन मद्दत पुग्ने उल्लेख गरिन् ।
उनले मुटुरोगी दिलीपको उपचारमा सहयोग गराउन प्रदेश सरकारसँग समन्वय गर्ने पनि बताइन् ।
नेपाली काँगेंस प्रदेश सदस्य लक्ष्मी खरेल, हरिपुर्वा नगरपालिकाका पूर्वमेयर सियाराम राय र सञ्चारकर्मी राकेश गुप्तालगायतका व्यक्तिको उपस्थितिमा मुटुरोग पीडित युवकलाई सहयोग गरिएको थियो ।

मुटुरोगी दिलीपलाई हालसम्म तीन लाख ६० हजार रुपैयाँ देशविदेशबाट आर्थिक सहयोग जुटेको स्थानीय पत्रकार विवेकले जानकारी दिए । उनले मुटुरोगी दिलीपका आफन्त सुकेश्वरराय यादवको एनआइसी एसिया बैंकको खाता नं. १३८५७५९४९८३०८००१ मा आर्थिक सहयोग गर्न मनकारीहरूलाई आग्रह गरेका छन् ।