अपडेट 
पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) | जनकपुरमा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो |
२०८१ बैशाख ८, शनिबार ११:२७ बजे

वीरगंज – ०८ वैशाख । छिपहरमाई -१ मिर्जापुर राधे कृष्ण मन्दिरको प्रांगणमा शुरू हुने  श्री श्री १०८ श्री लक्ष्मी नारायण महायज्ञको अवसरमा शनिवार जलयात्रा सम्पन्न भएको छ ।

महायज्ञस्थलबाट निस्केको जलयात्रा मिर्जापुर हुँदै बार्वा भएर जयमंगलापुरमा रहेको ओरिया खोला उतरबाहिनीमा जल भरेर फर्केको थियो । बाजागाजासहित निकालिएको जलयात्रामा ११ सय कुवारी कन्याहरुको सहभागिता रहेको थियो ।

वैशाख ०८ गते देखि १६ गतेसम्म चल्ने महायज्ञमा पर्सा  र छिमेकी भारतको बिहार राज्यबाट हजारौं हजार श्रद्धालु आउने विश्वास गरिएको छ ।

जलयात्रामा गाउँपालिकाका अधिकृत अशोक रौनियार, नेपाली कांग्रेस पर्साका सहसचिव नविन सिंह, वडा अध्यक्ष महेन्द्र साह कलवार, दिपेन्द्र सिंह,  पुर्व वडा अध्यक्ष राजबली यादव, बलिष्टर, एकबाली यादव, रामबाबु यादव,रामपुकार यादव,  चन्द्रजित महतो, सशस्त्र प्रहरी, प्रहरी चौकी मिर्जापुरका प्रहरी निरीक्षक मुकेश यादव लगायत हजारौं हजारको संख्यामा श्रद्धालुजनको सहभागिता थियो ।

महायज्ञमा ब्यास नथुनी दास, नागेन्द्र प्रदेशी, मुन्नीलाल प्रदेशी, पपु मिश्रा, अनिल वर्मा, अवध विहारी शुकुल, रामप्रवेश यादव, श्यामलाल यादव एवं विनय बिहारी लगायतका गायक गाईका पुर्णहुति का दिन इलेक्ट्रीक मूर्ती १५ मिनट खेल तमाशा  टॉवर झुला, ब्रेक डांस रेलगाड़ी, बालखेल तमाशासँगै प्रमोदलाल यादवका रासलिला र अन्य मनोरञ्जनको व्यवस्थापन मिलाइएको वडाध्यक्ष एवं महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष कमेश्वर प्रसाद यादवले बताए ।

मिर्जापुर निवासी  इन्द्राशन बाबाको विशेष संयोजनमा श्री श्री १०८ श्री लक्ष्मी नारायण महायज्ञ आयोजन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय