पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ



वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट पक्राउ गरेको हो।

चौधरीले गाईगोठमा गाँजा लुकाइछिपाई राखेको सूचनाको आधारमा ७ वटा पोकामा रहेको २२ किलो ४ सय ९० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज