वीरगंज । पर्साको जानकीटोलामा स्थानियहरुले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले भारतबाट घरायसी सामान ल्याउन नदिएको भन्दै असन्तुष्ट बनेका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । जसका कारण जानकीटोला चौकको स्थिती सोमबार बिहान तनावग्रस्त बनेको थियो । सशस्त्र प्रहरीले अनावश्यक दुःख दिने गरेको र घरायसी समान ल्याउदा समेत पैसा माग्ने गरेको स्थानीयहरुको आरोप छ ।
भिखमपुरमा सशस्त्र प्रहरीको नयाँ डिएसपी आएदेखि तस्करीमा पुर्ण रुपले कडाई गरेका छन । सीमानाकामा भन्सार छलिका सामान भित्र्याउन नदिन पुर्ण रूपमा कडाई गरेपछि स्थानीयहरुले सशस्त्र प्रहरीको विरोध गरेको सशस्त्रका मधेश प्रदेश बाहिनी बर्दिबासका डिआईजी कालिदास धौवजीले बताउनुभयो । सशस्त्र प्रहरीले कुनै पनि किसिमको दुःख नदिएको र पैसा असुल्ने र तस्करी गराउने गरेको भन्ने आरोप झुटो भएको दाबी गर्नुभयो। अहिले त्यहाँको अवस्थामा सामान्य भएको उनले बताए ।