राजन कुमार बानिया – पर्सा, १३ भदौ । मानव जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले पर्साको धोबीनी गाउँपालिका–४ स्थित लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
Human Love Charity Fund को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ महिलासहित ८८ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
रक्तदान गर्ने महिलाहरूमा चित्रञ्जना पटेल, हिना बेगम र रेन्जु पटेल रहेका थिए। त्यस्तै रामपुर्ती साह कानु, निरज पटेल, लोकनाथ पटेल, रामानन्द ठाकुर, सुलतान मिया, रामबाबु पटेल, पसुराम पटेल, राजन गुप्ता, रोशन चौरसिया, उमेश साह कानु, अमन पटेल, प्रशान्त गुप्ता, अलियास मिया लगायतका व्यक्तिहरूले मानव सेवाको भावनासहित रक्तदान गरेका थिए।
सहभागीहरूले रक्तदानलाई जीवनदानका रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
Human Love Charity Fund का अध्यक्ष डा. इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा वडा अध्यक्ष अबास मिया, मनाउर अहमद तथा कार्यपालिका सदस्य दिनेश कलवारको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको महत्वपूर्ण सेवामध्ये एक भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्वनिर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको उपस्थिति रहेको थियो।
Human Love Charity Fund का रिजवान अन्सारी, विकास साह, अजय पटेल, मुकेश पटेल, रेयाज हुसेन, राजन कुमार बानिया, मुक्तीजहुर अन्सारी, खालिद जेया, नवसाद अन्सारी, अन्सारी, साजित अन्सारी, समिम समानी, निरज पटेल, सत्यम गुप्ता, राममुर्ती साह कानु लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो।
आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।