काठमाडौ ।प्याव्सन बुढानिलकण्ठको अध्यक्षमा राधेश्याम श्रेष्ठ चयन भएका छन। आज भएको सम्मेलनले शिशु मिलन मावी चुनिखेलका श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।
प्याव्सन बुढानिलकण्ठ नगर समितिको दोश्रो अधिवेसन बाट उपाध्यक्षमा टिका गौतम चयन भएका छन भने सचिबमा दशरथ ज्ञवाली चयन भएका छन।काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष हरि कृष्ण श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त समारोहमा प्याव्सन बुढानिलकण्ठ कोषाध्यक्षमा प्रदिप श्रेष्ठ चयन भएका छन भने सह कोषाध्यक्षमा सैलेजा अधिकारी छिन त्यस्तै सदस्यहरुमा गणेश कुमार मिश्र, बसन्त लाल लामिछाने, प्रदिप कट्टेल, जनक मल्ल ठकुरी र घनेन्द्र कुमार बिसी सदस्यमा चयन भएका छन।दस जनाको कार्यसमिति सर्बसम्मतिपश्चात सन्चारकर्मिहरु संग कुरा गर्दै अध्यक्ष राधेश्यामले भने, अबको हाम्रो प्रमुख योजना भनेको स्वास्थ्य मापदण्ड लाई अङ्गाल्दै बिध्यार्थिहरुको मनोभावना को उच्च कदर गर्दै समयमुखी एबम ब्याबहारमुखी शिक्षण पद्धति लाई अगाडि बढाउदै बिध्यालयहरुलाइ भौतिकरुपमा चलायमान बनाउनु हो।