जानकीटोला–मुरैया बजारमा अध्यक्ष यादवको निरीक्षण : अव्यवस्थित पसलहरू एक महिनाभित्र हटाउन निर्देशन



वीरगंज। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले स्थानीयवासीको गुनासोपछि आज जानकीटोला र मुरैया बजार क्षेत्रका सडक छेउका अव्यवस्थित पसलहरूको निरीक्षण गर्दै तत्काल सुधारको पहल गरेका छन्।

निरीक्षणका क्रममा सडक पेटिमै पसल सञ्चालन भएकाले सवारी तथा पैदल यात्रुहरूको आवागमनमा असजिलो र जोखिमपूर्ण अवस्था देखिएको थियो। अध्यक्ष यादवले यस अवस्थालाई ध्यानमा राख्दै दुर्घटना जोखिम कम गर्न र बजार व्यवस्थित बनाउन व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।

उनले सबै व्यवसायीलाई एक महिनाभित्र पसलहरू निश्चित दायरा भित्र राखी सडक अतिक्रमण नगरी सञ्चालन गर्नुपर्ने स्पष्ट निर्देशन दिएका छन्। व्यवसायीहरूले यस कार्यका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष यादवले भने, “हाम्रो प्राथमिकता — दुर्घटनारहित सडक, स्वच्छ र आकर्षक बजार, जिम्मेवार समुदाय। हामी सबै मिलेर जगरनाथपुरलाई अझ सुन्दर, सुरक्षित र विकासशील बनाउँछौं।”

गाउँपालिका अध्यक्षको सक्रिय नेतृत्वमा सुरु भएको यो अभियानमा व्यापारी, स्थानीयवासी र युवाहरूको सहयोगको लागि आभार व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज