महाभियोगको घेरामा परेका सभामुख मण्डलद्वारा पाँच सांसद पदमुक्त



वीरगंज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भई राजनीतिक संकटमा परेका बेला पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्।

प्रदेशसभा सचिवालयका अनुसार लगातार १० वटा बैठकमा अनुपस्थित रहँदा सभामुख मण्डलले बिहीबार राति उनीहरूको सदस्यता समाप्त गर्ने निर्णय गरेका हुन्। सो निर्णयको सूचना सचिवालयले सार्वजनिक गरेको हो।

पदमुक्त हुने सांसदहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सारदा शंकर प्रसाद कलवार, मनिष कुमार सुमन, संजय कुमार यादव, पर्सा ४ (२) सिंहासन साह कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह रहेका छन्।

प्रदेशसभा सचिवालयद्वारा कार्तिक २७ गते जारी सूचनामा भनिएको छ, नेपालको संविधानको धारा १८० (घ) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८४ बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहेकाले उनीहरूको स्थान रिक्त भएको हो।

यसअघि नेपाली कांग्रेससहित सात दलीय गठबन्धनले ६४ जना सांसदको हस्ताक्षरसहित सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज