अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० भाद्र १८, सोमबार १७:४८ बजे

वीरगञ्ज १८ भदौ

वीरगञ्ज महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादब नेतृत्वको टोलीले वीरगञ्जको श्री माईस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभूत विद्यालय गहवामा रहेको अन्नपूर्णा कलेज र श्रीपुर फुलवारी टोलमा रहेको युनिभर्सल कलेज अवैध रूपमा कलेज संचालनमा रहेको सुचना पाए पछि वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको छ ।

महानगरबाट अनुगमन गर्न पुगेका टोलीले कलेज सञ्चालनका लागि आवश्यक कागजात तथा अनुमतिपत्र नलिएको भेटे पछि कलेजमा सिलबन्दी गरेको हो ।

सो अनुगमनमा विशेष उपस्थिति जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सृर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी ईन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेब प्रसाद यादब लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय