काठमाडौं । नयाँ सरकार गठन नहुँदै चुनावमा पराजीत गृहमन्त्रीले २३ प्रहरी उपरीक्षक(एसपी)को काज सरुवा गरेका छन् ।
सोमबार निकालिएको सरुवामा दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, देवेन्द्रबहादुर पाल कैलाली छन् ।
त्यसैगरी, सन्तोषसिंह राठौर बाँके, विश्वराज खड्का धनु्षा, नरेशराज सुवेदी सर्लाही, राजकुमार सिलवाल सिन्धुली, योगेन्द्रसिंह थापा सुर्खेत छन् ।
पर्सामा सरुवा भएका एसपी शाह प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व पीएसओ हुन् । उनी पहरा गणका इन्चार्ज हुन् । इन्चार्जबाट इन्चार्ज नदिने नीति भए पनि शाहका हकमा त्यो लागू हुन सकेन ।
यस्तो छ काज सरुवामा परेका एसपीहरुको सूची:

प्रतिक्रिया!