डा.बिद्यानन्द चौरसियाले गरे सफल किडनी ट्रान्सपलान्ट



वीरगज,३ माघ । वीरगज निवासी डा. बिधानन्द चौरसियाको नेतृत्व टोलीले सफल किडनी ट्रान्सपलान्ट गरेको समाचार प्राप्त भएको छ ।

युरो किडनी ट्रान्सपलान्ट सर्जन समेत रहेका डा चौरसियाको टोलीले काठमाडौ मेडिकल कलेज टिचिग हस्पीटल सिनामंगलमा लम्जुक निवासी ५० बर्षीय धनराज घलेको किडीनी ट्रान्सपलान्ट गरेपछि उनी सकुश घर फकिएको चौरसियाले बताए ।

घलेको श्रीमती होमकुमारी गुरुगले पुष २० गते आफनो किठनी डोनेसन गरि श्रीमानको जिन्दगी बचाएका थिए ।

मधेश प्रदेशभरीमा एक मात्र युरो सर्जन रहेका चौरसियाले दावी गरेका छन । भारतको दिल्ली मेदान्तमा अध्यण गरि विरगज निवासी डा. चौरसियाले अहिले सिता होस्पिटल संचालन गरि सेवा दिई रहेका छन ।
मेदान्तामा सिनियर डाक्टरको रुपमा रहेको डा. चौरसियाले दिल्लीमा अन्दाजी ३ सयजना बिरामीहरुको किडनी ट्रान्सपलान्ट गरिसकेका बताए ।

अहिले बिरामीको अवस्था समाय रहेको उनले बताए । नियमित आफु बिरामीलाई फलोअप गरिकेको तर कुनै किसिमको कठीनाई रहेको उनले संचारकर्मीहरुलाई जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज