पर्सामा २०७ केजी गाँजासहित पिकअप चालक पक्राउ



वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–५ तिलावे भिष्वा सडकखण्डबाट प्रहरीले २०७ केजी गाँजासहित एक पिकअप चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित सवारी चेकजाँचका क्रममा प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी अन्दाजी ४८ वर्षीय कृष्ण लामाले चलाएको उक्त पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा २०७ केजी गाँजा फेला परेको थियो।

बरामद गाँजा, पिकअप तथा चालकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज