[ad_1]
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् ।
अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आज साँझ सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन् ।
उनले भने, “असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान गौतम बुद्धको शिक्षामा आधारित छन् ।”
उनले नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताएको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए ।
[ad_2]
Source link