स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी



पोखरा । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मत अन्तरले पराजित गरी उनी निर्वाचित भएका हुन् ।



त्यसैगरी सचिवमा कुशुम ढकाल र कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भएका छन्।



सदस्यहरुमा अमिशा सुनार, कविता गुरुङ, अनुपराज गौतम, अमिशा गौतम, पुष्पा कुँवर, प्रतिक्षा गोदार र स्मृति कुँवर निर्वाचित भएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अहिले निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज