‘कोशी प्रदेश’ को नामकरण विरुद्ध विराटनगरमा प्रदर्शन



विराटनगर । कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै विराटनगरमा वृहत प्रदर्शन सुरु भएको छ।

संयुक्त संघर्ष समितिले आईतबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको हो ।



प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।



विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेकोसँगै पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज