सप्तरीबाट अटोमेटिक पेस्तोलसहित सोनु पक्राउ



सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी छिन्नमस्ता गाँउपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु राय रहेका छन् ।



रायको साथबाट मेड इन युएसए लेखिएको म्याग्जिन सहितको अटोमेटिक पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।



तिलाठी कोईलाडी गाँउपालिका-१ खाडो खोला स्थित बोर्डर ईलाका बिओपि तिलाठीबाट खटिएको टोलीले रायलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

आवश्यक कारबाहीका लागि रायसंगै सप्तरीकै राजबिराज बस्ने रोशन यादवलाई समेत नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज