केदार ज्योतिपुञ्ज क्याम्पसमा नेविसंघको प्यानल नै विजयी



डोटी । डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलनै वियजी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी भएको हो ।



नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको तर्फबाट सभापति पदमा निर्मल बम उम्मेदवार बनेका थिए । उनको पक्षमा ४८ मत खसेको हो । ४८ मत प्राप्त गरेसँगै बमको प्यानलको नै विजयी भएको हो ।



बमले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र साउँदलाई पराजित गरेका हुन् । सुरेन्द्रले ४१ मत प्राप्त गरेका छन् । यस्तै, ४७ मत प्राप्त गर्दै सचिवमा सरोज साउँद, कोषाध्यक्षमा यशोदा कलेलले ४६ मत प्राप्त गरेकी छन् ।

नेविसंघको सदस्यहरुमा अस्मिता बोगटी, रमिता बोहरा र हिरा पुनमगरले क्रमश ४७, ४४, ४५ मत प्राप्त गरेर विजयी भएका छन् । यस क्याम्पसमा जम्मा १०१ मतदाता रहेका थिए । भने ९२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज