अचेत अवस्थामा भेटिएका सशस्त्रका इन्सपेक्टरको मृत्यु



काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर तिर्थ ढुंगेल मृत्यु भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित बैण्ड गुल्ममा कार्यरत ४३ वर्षीय ढुंगेलको मृत्यु भएको हो ।

उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ भाटभटेनी सुपरमार्केट नजिकको तथा राधे राधे भन्ने ठाउँमा अचेत  अवस्थामा चैत ४ गते फेला परेका थिए ।

राधे राधे नजिकको प्राणजल फास्ट फुड रेष्टुरेन्टमा गएर फर्कने क्रममा उनी लडेर अचेत अवस्थामा भेटिएका थिए । दिउँसो ५ बजेतिर स्थानीयले अचेत अवस्थामा सडकमा लडेको देखेपछि उनलाई ट्याक्सीमा राखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो ।

अस्ताल पुर्‍याएको १ घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो । ट्याक्सी चालकसमेतका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज