एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदैन : सुवास नेम्वाङ



काठमाडौं । नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।

नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताएका हुन् ।



उपनेता नेम्वाङले एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने बताए। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।



दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। नेकपा एमाले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी लहरमा बसेको थियो। पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो।

त्यसबेला एमाले पनि सरकारमा थियो। तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज