काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा अधिकारी निर्वाचित



काठमाडौं । काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् ।

सचिवमा पनि नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।



त्यस्तै सदस्यमाहरूमा समेत अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।



नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् ।

त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज