यति छिटै फेरि विश्वासको मत माग्नुपर्ला भनेर मैले सोचेकै थिइनँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको बताएका छन् ।

आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।



उनले आफू नेतृत्वको सरकारमा सबै मन्त्रीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनमा आफ्नो प्रस्तावपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको र समर्थन पनि फिर्ता लिएसँगै आफूले संविधानतः फेरि पनि विश्वासको मत लिन लागेको बताए ।



उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज