उपराष्ट्रपति निवासको सुखसयल चम्पालाई फिक्का



काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् ।

तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो ।

शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो ।

छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुँडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।

शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’

उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी । काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’ राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज