अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला



जुम्ला । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत फेला परेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७० वर्षीय लालु नेपाली मृत फेला परेका हुन्।



तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए।



लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज