नेप्से आज बन्द, अब बजार बुधबार मात्र खुल्ने



काठमाडौं । घोडेजात्राको दिन आज (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।



यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ ।



काठमाडौंमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज