सरकारमा गएर कांग्रेसले नयाँ शैलीमा काम गर्नुपर्छ : प्रदीप पौडेल



चितवन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने बताएका छन्।

चितवनमा नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।



सांसद पौडेलले भने, ‘सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्नेछ। जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन् । हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’



उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताए।

देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताए। उनले सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज