गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने – सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भएको छ



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने प्रयत्न थालेको बताएका छन् ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताए ।



उनले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता र संवाद सुरु भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले,‘ हिजोबाट फेरि राजनीतिक वातावरण वनेको छ, लय पक्रिएको छ । सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’

देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने दाहालले बताए । जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज