गौतमबुद्ध रङ्गशालाअघि उभिएर धुर्मुसले भने – डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन



काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।

धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कट्टेलले यस्तो बताएका हुन् । उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताए ।



धुर्मुसले भनेका छन्, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ । तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’



धुर्मुसले आफूले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको उल्लेख गरे । सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको धुर्मुसको भनाइ छ ।

सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनले बताए ।

धुर्मुसले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज