सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने



काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

गत फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।



सरकारले भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ ।



यसैगरी १० वर्ष अघिका उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार दिएको छ ।

मन्त्रालयले आफ्नो वेभसाईटमार्फत भुक्तानी विवरण सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज