खुम्बु क्षेत्रमा लेक लागेर विदेशी पर्यटकको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको लेक लागेर मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भइरहेको छ ।



हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज